जसले आफ्नै प्रेमिकाको मुटुको सेकुवा बनाएर रक्सीसँग खाए

सुन्दा पत्याउनै गाह्रो तर  भएकै घटना हो । रुसका एक यूवकले आफ्नै प्रेमीकाको मुटु झिकेर पकाए अनी रक्सीसंग खाए । अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ ।

उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । त्यसपछि उनले प्रेमिकाको मुटु र देब्रे फोक्सो निकालेका थिए र तिनलाई स्टोभ बालेर पानीमा उमालेका थिए ।

यो घटना क्रास्नोयार्स्कस्थित आफ्नै घरमा गरेको अदालतको सुनुवाइमा खुलेको छ । उनले यो वीभत्स हत्याका बारेमा आफ्नो साथीलाई अनौठो मुस्कानसहित सुनाएका थिए, ‘मैले तिमीलाई भनेको थिएँ नि, म उसको मुटु खाइदिन्छु । मैले खाइदिएँ ।’

निकै तर्सिएका साथीले भने, ‘उसनजिक एउटा बोतल थियो । उनले मुटु खाँदा सँगै वाइन पनि पिएको बताए ।’ यी दुष्ट हत्यारालाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । उनले पीडित महिलाकी आमा ल्युबोभ टिमोशेन्कोसँग माफी मागेका थिए । ती महिलाका दुई छोरी पनि छन् ।
ती नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ ।