पुरानो डिजाईन फेल खाएपछि रत्ननगरमा नयाँँ डिजाईनमा सडक पुन निर्माण शुरु

रत्ननगर, १ कार्तिक ।  पूर्वपश्चिम राजमार्ग अन्र्तगत पूर्वी चितवनको रत्ननगरमा निर्माणाधिन फोर लेन सडक डिजाईन फेल भएपछि पुन नयाँ डिजाईन अनुसार काम थालिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिले गरेको डिजाईन गलत हुँदा यहाँ निर्माण गरिएको सडक निर्मााणकै क्रममा भत्किएको थियो । रत्ननगरको लौरीघोलदेखी टाँडी चोक सम्म सडक भत्कने,पिच पोका पर्ने लगायतका समस्या देखिएपछि नयाँ डिजाईन अनुसार काम थालिएको निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सन प्रालिका इन्जिनियर अनिश रेग्मीले वताए ।
प्रालिले रत्ननगरको लौरीघोलदेखी निपनी सम्म करिव २.३ किलोमिटर सडक फोर लेन वनाईदै छ । नयाँ डिजाईन अनुसार लौरीघोलदेखी टाँडीचोक सम्मको करिव २ सय ६० मिटर मात्रै पुन निर्माण हुने इन्जिनियर रेग्मीले वताए । रेग्मीका अनुसार अव २० सेन्टीमिटर सवबेस,१५ सेन्टीमिटर बेस र २० सेन्टीमिटर पिचको काम हुनेछ । यसअघि १५ सेन्टी बेस र ५ सेन्टीमिटर पिच भएको थियो । जसका कारण सडक भत्कने,उप्कने,पिच पोका पर्ने समस्या रहेको उनले वताए । हामीले सडक डिभिजनले दिएकै डिजाईन अनुसार काम गरेका थियौ त्यो गलत भयो इन्जिनियर रेग्मीले भने – सडकले पुन नयाँ दिएकाले त्यही अनुसार अहिले काम गरिरहेका छौ । पुरानै वजेट अनुसार नयाँ डिजाईनको काम भएको हो । माटोको अवस्था नराम्रो भएकै कारण पहिले निर्माण गरिएको सडक भत्किएको रेग्मीको दावी छ । पहिलेकै डिजाईन सवै फेल भएकाले अहिले नयाँ डिजाईन अनुसार टाँडीसम्म पुन निर्माण भएतापनि टाँडीदेखी निपनी सम्म भने यही पिच माथी अर्को पिच गर्ने वताईएको छ । फोर लेन सडकको काम अन्र्तगत अहिले सर्भिसलेनको पिच अन्तिम चरणमा पुगेको छ । सम्झौता अनुसार ग्रीनरी,फुटपाथको काम भईसकेको छ । सडकको दक्षिण तर्फको विजुलीको पोल नसार्दा काम हुन सकेको छैन् । उत्तर तर्फ पोल नसारिकन सर्भिसलेनको काम भएको छ । विजुलीको पोल नसार्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको प्रालिका इन्जिनियर रेग्मीले वताए । अहिले सडकमा रङ्ग लगाउने,साईनवोर्ड राख्ने काम भईरहेको उनले वताए ।
वि.सं. २०७२ साल असारमा डेढ वर्षमा काम सक्ने गरी श्रेष्ठ कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो । तर यसबीचमा दुई पटक म्याद थपिसकिएको छ । दोश्रो पटक थपिएको म्याद यही असोजमा सकिनेछ । श्रेष्ठ कन्ट्रक्सन प्रा.लि.ले १९ करोड ७० लाख