दसैं दुर्गा भवानिसंग सम्बन्धित नै छैन : युवानेता स्वरुप सुयाल

चितवन ३१ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवानेता स्वरुप सुयालले दशै पर्व दुर्गा भवानीसङ्ग कुनै हिसाबले पनि सम्बन्धित हुन नसक्ने बताउनु भएको छ।

नेकपाको दसैं पर्वको विभिन्न सुभकामना आदानप्रदान कार्यक्रममा युवानेता सुयालले समाजमा अहिले जति पनि चाडपर्वहरु मनाउने गरिएको छ ती अधिकांश चाड कृषि युगबाट मनाउन सुरु भएको र दसैं पर्व मनाउने प्रचलन पनि बाली भित्र्याएपछिको उत्सव मनाउने प्रक्रियासँग सम्बन्धित रहेको दावी गर्नुभएको छ।नेता सुयालले दसैं पर्वको पनि कृषियुग भन्दा अगाडि इतिहास नरहेको दावी गर्दै भन्नुभयोूउतिबेला बाली लगाउँदा वा भित्र्याउँदा मानिसहरु एकाअर्काको गर्दै सबैको काम गर्दथे र महिनौंसम्म बाली लगाउने र महिनौंसम्म बाली भित्र्याउने गरिने हुदा त्यो बेला दिनहु भोजभतेर चल्थ्यो र गाउँ नै उत्सवमय हुन्थ्यो।समयक्रममा यस्ता चाडपर्वलाई धर्मसँग जोडियो कृषि सभ्यतासँग सम्बन्धित चाडपर्वलाई पछि हिन्दू धर्म र हिन्दू कर्मसँग जोडिएको हो।दसैं पनि त्यस्तै चाड हो,जसलाई हिन्दू धर्मको अभिन्न अंगजस्तो बनाइएको छ।नौ दिनसम्म दुर्गापाठ गर्ने,कालरात्री पूजा गर्ने,जमरा राख्ने र पशु बली चढाउने काम दसैं नै पछि हिन्दु धर्म सङ्ग जोडिएपछि आएको प्रक्रिया भएको बताउनुभयो।त्यसैले उहाले भौतिकवादमा विश्वास गर्ने कम्युनिस्टहरुले दसैं पर्व कुनै देबि देउताको भन्दा पनि उल्लासको सन्दर्भलाई स्वीकार गरेर मनाउनुपर्ने बताउनु भयो। साथै उहाले समाज परिवर्तनको लागि समाजवादी बिचार बोकेका कम्युनिस्टहरुले समेत प्रगतिशील शैलिमा दसै पर्व मनाउनु पर्नेमा भद्दा शैली र अस्वभाविक रबाफ देखाउने गरेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो।