प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टिका लगाउने

काठमाडौं,३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाई दिने भएका छन् ।यसअघि राष्ट्रपति र पूर्वराजाले मात्र दशैँमा टीका लगाइदिने चलन थियो । तर यो पटक भने प्रधानमन्त्री ओलीले पनि घोषित रुपमा टीका लगाउने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दशैंका दिन विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट र दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले दिउँसो २ बजेबाट मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइ दिने समय तय भएको छ ।

असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।