प्रथम राप्ती गोल्डकपको उपाधि एपीएफ काठमाण्डौलाई

राजेश रुम्बा लामा

चितवन भण्डारा ,३०  आश्विन । आश्विन १७ गते देखि जारि प्रथम राप्ती गोल्डकपको उपाधि एपीएफ काठमाण्डौले विजय युथ क्लब हेटौडालाइ पराजित गरि आफ्नो पहिलो उपाधि पोल्टामा पार्न सफल भएका छन् ।

आश्विन ३० गते फूलपातीका दिन खेलेको फाइनल खेलमा दुइ टिम बिच निक्कै घम्सा घम्सी रहेको थियो । खेलको पहिलो हाफमा कुनै पनि टीमले गोल गर्न नसकेतापनि खेलको दोस्रो हापमा ए पी एफ टिमका १६ नम्बर खेलाडी युव राज खड्काले हानेको गोल नै निर्नायिक गोल हुन पुगेको थियो ।

अन्य दिनमा भन्दा तुलनात्मक रुपमा फाइनलको दिन दर्शकहरुको बाग्लो उपस्थिति रहेको थियो भने प्रथम राप्ती गोल्डकपको समापन भुमि सुधार तथा कृषि सहकारी मन्त्रि दावा दोर्जे लामाले गर्नु भएको थियो । सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि लामाले विभिन्न समस्याको बाबजुत पनि प्रथम राप्ती गोल्डकपका आयोजकले सफलतापुर्वक खेल खेलाउन सकेकोमा खुलेर प्रसंसा समेत गरेका थिए भने कृषि लगायत खेलकुदको बिकाशलाई आफुले सुक्ष्म तवरले हेरिरहेको र क्याबीनेटमा पनि प्रस्ताब राखिसकेको जानकारी दिनु भयो । प्रमुख अथिति लामाले प्रथम र द्धितीय दुवै टिमलाइ क्रमश :२ लाख २,२२२ र १ लाख १,१११ नगत सिल्ड सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसै गरि समापन कार्यक्रमका विशिष्ट अथिति तथा रप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरको अहिले विभिन्न स्थानमा सानो ठुलो गरि धेरै ठाउँमा खेलको आयोजना भइरहेको र कुनै पनि स्थानमा केहि अप्रिय घटना नभई सौहार्दपुर्ण रुपमा संचालन भएकोले पनि यो नगरमा खेलकुदमा बिकाश हुँदै गरेको बताए । कार्यक्रममा नगरका उप-मेयर इमान सिंह लामा सहित विभिन्न वडाका वडा अध्यक्षहरुको पनि उपस्स्थिति रहेको थिए ।

प्रथम पटक यसरि पैसा तिरेर फूटबल खेल हेर्ने हिसाबले आयोजना गर्नु आफैमा ऐतिहासिक रहेको र आफु पूर्ण रुपमा सन्तुष्टि रहेको र अझै पनि खेलकुदमा केहि नयाँ गर्ने उर्जा थपेको प्रथम राप्ती गोल्डकप खेल सयोंजक बिकाश लामाले बताए । समापन कार्यक्रमलाई स्वागत मन्तब्य राख्दै संयोजक लामाले प्रथम राप्ती गोल्डकप सफल हुनुमा सबैको हात रहेकोले सबैलाई धन्यवाद समेत दिएका थिए ।

खेल गत आश्विन १७ गते सुरु भई यहि आश्विन ३० गते फूलपातीका दिन सम्पन्न भएको सो खेलमा विभागीय टिम सहित गरि १४ टिम सहभागी थिए। प्रथम राप्ती गोल्डकप खेल हार्दी युव समाजको आयोजनामा भएको थियो भने समापन कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सम्भु बिकले गरेका थिए ।