अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गित रेकर्ड गराई आफैले मोडलिङ गरिन (भिडियो )

नेपाली गीत संगित विदेशीहरुले निकै मन पराउने गर्छन् । सांस्कृतिक विविधताले भरिएको नेपालको कला संस्कृति प्रति उनिहरु विशेष चासो राख्ने र्गछन् । पछिल्लो समय अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गीत गाएकी छिन्। उनले गाएको गीत युट्युवमा हेर्न सकिन्छ । उनले ‘सिरीमा सिरी’ बोलको गीतमा कभर भिडियो सार्वजनिक गरेकी छिन्। भिडियोमा पनि अभिनय गरेकी उनको शब्द उच्चारणमा अमेरिकन लवज सुनिन्छ ।

नारायण गोपाल र ज्ञानु राणाको गीतलाई उनले गाएकी हुन्। गीतमा नेपाली शब्द उच्चारण गर्दा अमेरिकन लवज सुनिन्छ । जसले गीतलाई पनि नयाँ बनाएको छ ।

दूतावास परिवारको नेपाली कला, संस्कृति, र परम्पराप्रतिको माया र सम्मान गीतले देखाउने आशा गरिएको छ। उनलाई सुनिल तुलाधरले साथ दिएका छन् । भिडियोमा उनलाई पनि देख्न सकिन्छ । दशैंको विदामा उनीहरुले यो कभर गीत तयार पारेका हुन्। भिडियोमा एन्डी डी र सुनिल फिचर्ड छन्।