शिवालय मन्दिरका चन्दादातालाई सम्मान,फुलपाती भित्र्याइयो

चितवन ३० असोज । रत्ननगरमा १० बैरियाचोकमा अबस्थित शिवालय मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई मंगलवार सम्मान गरिएको छ । मन्दिर व्यवस्थापन समिति,शक्तिशाली आमा समुह,शिवालय टोल विकास संस्था र मनकामना टोल विकास संस्थाले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरी मन्दिरका चन्दादातालाई सम्मान गरेका हुन । कार्यक्रममा मन्दिरको भवन निर्माणमा आर्थिक सहयोग गर्ने,मन्दिर परिषरमा राख्ने सिमेन्टीको कुर्ची,मन्दिरलाई जग्गा उपलब्ध गराउन सहयोग गर्ने तथा मन्दिरको आर्थिक सवलीकरणको लागि नजिकबाट भूमिका खेल्ने व्यवक्तिहरुलाई सम्मान गरिएको शक्तिशाली आमा समुहकी अध्यक्ष विरञ्जना घिमिरेले बताइन । सार्वजनिक सम्पतीको संरक्षणका लागि सहयोग गरेका र योगदान दिएकाहरुको उच्च मुल्याङकन गर्दैै सम्मान गरिएको उनले बताइन । मन्दिरमा भवन निर्माण गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका समाजसेवी परशुराम घिमिरे,परिषर निर्माणको लागि आर्थिक सहयोग गर्ने भाइकाजी घिमिरे,मन्दिर परिषरमा राख्न सिमेन्टीको कुर्ची सहयोग गर्ने न्यू क्यापिटल कलेज,क्वेष्ट मोडल कलेज,एकता शिशु निकेतन,एवाकस इन्टरनेशनल एजुकेशन प्रा.लि.स्काइराइडर आवासीय मावि,साइनिङ स्टडिज सेन्टरलाई सम्मान गरिएको हो । त्यसैगरी पूर्व अध्यक्षहरु नवराज पाठक,टंकप्रसाद खनाल,ऋषिराम भट्टराई लगायत अन्य एक दर्जन महानुभावहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष केशव आचार्यले उल्लेखित व्यक्तिहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए । कार्यक्रममा स्थानीय होमबहादुर भण्डारीले मन्दिरलाई पाँचहजार रुपैया आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा श्रीराम बैदिक गुरुकुलमका अध्यक्ष भेषराज दुवाडी,शक्तिशाली आमा समुहकी सल्लाहाकार संगिता भण्डारी,मनकामना टोल विकास संस्थाका अध्यक्ष थानेश्वर चालिसे,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे लगायतको सहभागिता रहेको थियो । यसैबीच सो मन्दिरमा मंगलवार फुलपाती भित्र्याइएको छ । मन्दिरबाट निस्किएको शोभायात्रा जयमंगलाहुदै पुन मन्दिरमा आएर अन्त्य भएको थियो । शोभायात्रामा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी,सदस्य तथा स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।