नवलपरासी समाज जापानको प्रथम अधिबेशन : अध्यक्षमा कंडेल सहित सबै कार्यसमिति निर्विरोध

विश्वास आचार्य
टोक्यो अक्टोबर १६ । नवलपरासीबाट बिभिन्न शिलसिलामा जापानलाई आफ्नो कर्मभूमि बनाई संगठित हुँदै नवलपरासी समाज जापानको प्रथम अधिबेशन सोमबार टोक्योमा स्म्पन्न भएको छ । अधिबेशनले गोपाल कंडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरिएको छ ।
त्यसै गरि बरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षहरुमा बासु बस्ताकोटी,अमर केसी र करुणा पाण्डे, महिला उपाध्यक्षमा माया सिग्देल,माहासचिबमा कृष्ण प्रसाद ढुङ्गाना, सचिब मा ॠषि पौडेल सह –सचिबमा सम्झना खरेल काफ्ले , कोषाध्यक्षमा कमल काफ्ले र सह –कोषाध्यक्षमा माधव सापकोटा चयन भएका छन् ।
अन्य लसदस्यहरुमा प्रकाश पोख्रेल, तुलसी राम कंडेल, श्याम प्रसाद कंडेल , शिव सापकोटा, गिता कंडेल, दुर्गा कोइराला र रमा भण्डारी रहेका छन् ।
नवलपरासी समाज जापानका अध्यक्ष किष्ण प्रसाद अधिकारिको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाल पत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले बिशेष अथिति नवलपरासी नागरिक समाज एंव रेडियो मध्यबिन्दु को अध्यक्ष भोजराज दाहाल रहेका थिए ।
साथै नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ,तनहुँ समाज जापानका अध्यक्ष बिजय थापा समाज सेबी ईश्वरी कंडेल ,तनहुँ निर्माण ब्यवसायी समितिका उपाध्यक्ष टिका सापकोटा अतिथि रहनु भएको थियो ।

प्रथम अधिबेस मा आथितिहरु लगायत सहभागी सबैलाई समाजका महासचिब कृष्ण प्रसाद ढुङ्गानले स्वागत मन्तब्य बाट स्वागत गर्नु भएकोथियो । कार्यक्रम को उद्द्घाटन पानस मा दिप प्रजोलन गरेर प्रमुख अथिति मोहन घले लगायत सबै आथितिहरुले गर्नु भएकोथियो । शुभकामना मन्तब्यको क्रममा कार्यक्रम का अथिति सागर कंडेल बिशेष अतिथि भोजराज दाहाल प्रमुख अतिथि मोहन घले ज्यूले शुभकामना ब्यक्त गरेका थिए ।

अधिवेशनका लागि भोजराज दाहालको संयोजक्त्वमा चन्द्र खनाल र नेत्र शर्मा रहेको ३ सदस्यीय निर्वाचन समिति चयन गरिएको थियो । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एंव प्रथम अधिबेसनका सभापति कृष्णप्रसाद अधिकारीले आफ्नो समितीमा रहेर सहयोग गर्ने बाहिर बाट सहयोग गर्ने सदस्य लगयत संघ सस्थाहरु सबैलाई धन्यवाद प्रकटगर्नुभयो ।साथै ३ जाना सदस्य हरुलाई नयाँ कार्यसमितीले मनोनित गर्ने जनाएको छ । औपचारिक कार्यक्रम को सन्चालन विश्वास आचार्यले गर्नु भएकोथियो ।

नब निर्बाचित कार्यसमितीहरुलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका संयोजक भोजराज दाहाल ले गराउनु भएको थियो ।