केन्द्रीय बस टर्मिनलमा दुई मोटरसाईकल एकआपसका ठोक्किदाँ एकको मृत्यु

भरतपुर, २९ असोज । चितवनको भरतपुर महानगरपालिका–१० स्थित केन्द्रीय बस टर्मिनलमा गएराती दुईओटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । राति करिब ८ः१० बजेको समयमा ना१५प २०८२ नम्बरको मोटरसाइकल र ना५०प ७५२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ना१५प २०८२ नम्बरको मोटरसाइकल चालक भरतपुर–१४ शिवनगरका ३५÷३६ वर्षका सन्तबहादुर ताम्राकारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा राति ८ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मोटरसाइकल चालक माडी नगरपालिका–६ बस्ने वर्ष २५ का खेमनारायण महतो घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।