भगवती टोल विकास संस्थामा बाल क्लव गठन तथा शुभकामना आदान प्रदान

चितवन,२८ असोज । भगवती टोलमा शुभकामना आदान प्रदान तथा बाल क्लब गठन कार्यक्रम सम्पन्न भएको छ । भ.म.न.पा. ३ भगवति टोल विकास संस्थाका कार्य वाहक अध्यक्ष भोजराज खतिवडाको विशेष पहलमा  विजया दशमी, शुभ दिपावलि तथा छठ पर्व को शुभ कामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

वाल क्लव गठन कार्यक्रम को आयोजना गरियो । यसै संस्था का वरिष्ठ उपाध्यक्ष श्री कृष्ण वहादुर मजाकोटी ले सभापतित्व गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि वेलचोक भगवति मन्दिर व्यवस्थापन समिति का अध्यक्ष तारामित्र पण्डित, छिमेकी टोल शिव पथ टोल विकास संस्था का अध्यक्ष जगदीश पन्त, शैक्षीक अभियन्ता राम कुमार दास (पृथ्वी), सदस्य रोशन थापा लगायत को उपस्थिति रहेको थियो । कार्यक्रम को दोस्रो चरण मा टोल वाट भेलाका लागी आमन्त्रित वालवालिकाहरुको समुहबाट सर्वसहमतीमा बाल क्बल गठन गरिएको छ ।
भेलाले रोमन चालिसेको अध्यक्षतामा ११ सदस्यीय बाल क्बल गठन गरिएको हो ।
त्यसै गरि उपाध्यक्षमा विकिशा गौतम सचिवमा आस्था खतिवडा कोषाध्यक्षमा उज्वल विक्रम थापा र सह–सचिव मा सृष्टि पोख्रेललाई सर्वसहमतीले चयन गरेका छन् ।
अन्य सदस्यहरुमा स विमला पाठक, उन्नत विक्रम थापा, प्रिन्स गुप्ता, एकता अर्याल, श्रृजा अर्याल र रागिनि शर्मा रहेका छन् ।