कालिका नगरपालिकाले गर्यो व्यवसायिक किसान पुरस्कृत

चितवन, असोज २८ । कालिका नगरपालिकाले व्यवसायिक रुपमा पशुपालन गरेका १२ जना किसानहरुलाई पुरस्कृत गरेको छ ।
नगर भित्र व्यवसायिक रुपमा पशुपालन गर्दै आएका युवा किसानहरुलाई आईतवार एक कार्यक्रमकाबीच नगदसहित पुरस्कृत गरिएको हो ।

वार्षिक १० हजार लिटर भन्दा वढि दुध उत्पादन गरि विक्री गर्दै आएका किसानहरुलाई प्रति व्यक्ती २५ हजारका दरले पुरस्कृत गरिएको थियो ।

पुरस्कृति हुनेहरुमा कालिका ६ का रमेश खनाल, ताराप्रसाद पौडेल, तेज अमगांई, चिन्तामणी पौडेल, रामप्रसाद पनेरु, सोमवहादुर लामा, कृष्ण सापकोटा र कोपिला दाहाल रहेका छन् । त्यस्तै कालिका १ का लक्ष्मी आचार्य,कालिका २ का गणेशप्रसाद ढुगाना,कमला कडेंल र टिकाराम महतोलाई पुरस्कृत गरिएको हो ।
उनीहरुलाई कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ,उपप्रमुख कमला भट्टराईले पुरस्कृत गरेका थिए । पुरस्कृत हुने किसानहरु मध्ये रमेश खनालले सवैभन्दा वढि १४ हजार ९८१ लिटर दुध उत्पादन गरि विक्री गरेका थिए । व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको नगर प्रमुख श्रेष्ठले वताए ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरी,कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी,३ का वडाध्यक्ष सोमवहादुर लामा,किसान रमेश खनाल, पशु शाखा प्रमुख पुष्पराज मरहठ्ठा, पशु प्राविधिक इश्वरी पौडेल लगायतले मन्तव्य राखेका थिए ।