अनन्त आशा नेपालद्धारा शैक्षिक सामग्री वितरण (फाटोफिचर)

 

चितवन २७ असोज । पिछडीएका समुदायका बालिबालिकालाई शिक्षित बनाइ स्वावलम्बी नागरिक बनाउने उद्देश्यले स्थापना भएको अनन्त आशा नेपालले भरतपुर र नारायणगढ क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ ।

नारायणी नदी किनार स्थित राष्ट्रिय आधारभूत विद्यालयमा स्टेशनरी वितरण गरेको छ । माध्यमिक विद्यालयमा अध्ययन गर्ने २ सय ५० जना विपन्न परिवारका बालबालिकालाई स्टेशनरी वितरण गरेको हो ।


यस्तै शरणपुर स्थ्ति निम्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने ४२ जना छात्राहरुलाई महिनावारी किट्स वितरण गरिएको छ ।
सोही विद्यालयमा अध्ययन गर्ने १ सय ४० जना बालबालिकालाई स्टेशनरी सँगै अनन्त आशा नेपालको लोगो अंकीत झोला समेत वितरण गरेको छ ।
स्कुल आउन जानका लागि किताव बोक्न समस्या देखिएकाले स्कुले बालबालिकालाई झोला वितरण गरिएको अनन्त आशा नेपालकी अध्यक्ष डा. उषा महर्जनले बताउनुभयो ।
सो स्कुलको संरचनालाई मध्यनजर गर्दै अनन्त आशा नेपालले विद्यालयमा रङरोगन समेत गरेको छ । रङरोगनका लागि संयुक्त राष्ट्रसंघ (अमेरिका)बाट आएका स्वयम्सेवकहरुले समेत सघाएका थिए ।

यसैबीच मंगलपुर स्थित बसन्धरा सामुदायिक आधारभूत विद्यालयमा अध्ययनगर्ने ५२ जना बालबालिकालाई समेत स्टेशनरी र झोला वितरण गरिएको छ । स्टेशनरी वितरण गरिएको सबै विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकालाई खाजा समेत वितरण गरिएको थियो ।

खाजा वितरण सँगै बालबालिकाहरुबीच खेलकुद,मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको अनन्त आशा नेपालका उपाध्यक्ष प्रदीप चौधरीले जानकारी दिनुभयो ।
यसैगरि अन्तराष्ट्रिय किशोरी दिवसको अवसरमा बेलुन उडाएर चितवनबाट एक्येवद्धता जनाएका थिए ।


चितवनको नारायणी नदी किनारमा एक कार्यक्रमको आयोजना गरि बेलुन उडाएर अन्तराष्ट्रिय किशोरी दिवसमा ऐक्यवद्धता जनाएका हुन ।

पिछडिएको समुदायको शैक्षिक स्तर बृद्धि गरी असल नागरीक बनाइ सम्बृद्ध नेपाल बनाउने योजना अनुसार सन २०१२ मा डा. उषा महर्जनकै नेतृत्वमा अनन्त आशा नेपाल स्थापना गरिएको थियो ।
हाल चितवन र काठमाण्डौंमा आफ्नो गतिविधिलाई सक्रिय बनाउँदै आएको यो संस्थाले निकट भविष्यमै देश व्यापी रुपमा आफ्ना गतिविधिलाई विस्तार गर्ने तयारी गर्दै छ ।
यस अघि काठमाण्डौंमा प्रोढ शिक्षा संचालन गरिरहेको छ भने प्रत्येक वर्ष दुई देखि तीनपटक सम्म दक्ष चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण सेवा समेत संचालन गरिदै आएको संस्थाकी अध्यक्ष डा. महर्जनले जानकारी दिनुभयो ।


उहाँका अनुसार संस्थाले शिक्षा सँगै स्वास्थ्य र सीपमुलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
किशोरीहरुलाई लक्षित गरेर महिनावारी सरसफाई तालिमदेखि चेतना मुलक कार्यक्रम समेत गर्दैआएको छ ।