रत्ननगर अस्पतालद्धारा ह्वीलचियर वितरण

चितवन २८ असोज । चितवनका अपाङगता भएका ८ जना व्यक्तिहरुलाई आइतवार ह्वीलचियर वितरण गरिएको छ । रत्ननगर अस्पताल र शान्तिमेड नेपालले अपाङगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेका हुन । रत्ननगरका रुद्र पन्त,नेरेन्द्र गिरी,सुन्तली सेन्तान,वीरबहादुर शाही,अमृत खरेल र भरतपुरका राजन श्रेष्ठ,राप्तीका उमेश देवकोटा,सुर्य सापकोटाले ह्वीलचियर प्रदान गरिएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठ र शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथले ह्वीलचियर हस्तान्तरण गरेका थिए । कार्यक्रममा अस्पतालका डाक्टर प्रसान्त पौडेल,स्वीजरल्याण्ड निवासी जेना,अपाङग समन्वय समिति रत्ननगरका कोषाध्यक्ष निश्वार्थ श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।