किन भनिन् मेयर रेनुले महानगर बनाउने के प्रमुखको मात्र दायित्व हो ? हेरौँ पुरा भिडियो र विज्ञप्ती

चितवन, २८ असोज । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरलाई समृद्धि बनाउने सबै नागरिकहरुको समेत दायित्व भएको बताएकी छिन् ।

पछिल्लो समयमा महानगरमा विकास निर्माणका विभिन्न योजनाहरुले गति लिएको बताउदै उनले ममानगरमा आएको नमुनामा काम नचाहिदो राजनिति कारणले अवरोध आएको बताएकी छिन् ।

वडा दशैको अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले रिंगरोड र लिंकरोडहरु भरतपुर महानगरलाई देशकै नमुना बन्ने बताईन् । उनले महानगरपालिकाको वृहद् गुरुयोजना निर्माण गरी एकीकृत विकासको लागि राष्ट्रिय एवम् स्थानीय विषय विज्ञहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तत्र्रिmया आयोजना गरी महानगरीय गुरुयोजना निर्माणको काम सुरु गरिएको बताईन् ।
उनले सिटी हलको सम्बन्धमा आफुले सिटीकै गौरव बढाउन सिटीमा बनाउन चाहदा विभिन्न अवरोधले समस्या आएको बताईन् ।
के क्यान्सरको पश्चिम पटीको ५ विद्या जग्गाले दिदामा के विग्रन्छ, के महानगर बनाउने प्रमुखको मात्र दायित्व होईन् हामी सबैको हो, उनले प्रश्न थियो ।

 

 

 

 

हेरौँ  प्रेस विज्ञप्तीमा यस्तो छ पुरा प्रगति विवरण 

नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्षज्यू, प्रेससंगठन नेपाल एवं प्रेस युनियन चितवनका अध्यक्षज्यूहरु लगायत उपस्थित सम्पूर्ण पत्रकार मित्रहरुमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको पावन अवसरमा भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

देशकै मध्यभागमा अवस्थित भरतपुर महानगरपालिका समग्र विकासको गतिमा अगाडि बढिरहेको विषय पत्रकार मित्रहरुलाई अवगतै छ। जनप्रतिनिधिको रुपमा पदभार ग्रहण गरेसँगै हामी महानगरको योजनाबद्ध विकासको गतिमा एकाकार भएर लागि परेका छौं । विकास निर्माणको सवालमा महानगरवासीका साथसाथै विभिन्न सरोकारवालाहरुको पनि निरन्तर साथ र सहयोग मिलेको छ ।

आज हामीले नेपालीहरुका आउँदै गरेका महान पर्वहरु विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा पत्रकार साथीहरुबीच शुभकामना आदानप्रदान तथा महानगरपालिकाले  हालसम्म गरेका कार्यहरु तथा भावी योजनाहरुका बारेमा जानकारी दिने उद्देश्यले यो भेटघाट कार्यक्रम आयोजना गरेका छौँ। भरतपुर महानगरपालिकालाई चितवनका पत्रकार साथीहरुले आफ्ना संचार माध्यमहरुद्वारा उल्लेख्य सहयोग पुर्‍याई रहनु भएकोमा खुशी व्यक्त गर्दछौँ।आँउदा दिनहरुमा पनि यहाँहरुको रचनात्मक सहयोग र सुझावको अपेक्षा गर्दछौँ ।

. समग्र अवस्थाः

  • भरतपुर अस्पतालमा स्वास्थ्य सेवा लिन आउने महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओ.पि.डी.टिकट निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।साथै उक्त अस्पताल भित्र विरामी कुरुवा घर निर्माण प्रक्रियामा छ ।
  • महानगरपालिकाको वृहद् गुरुयोजना निर्माण गरी एकीकृत विकासको लागि राष्ट्रिय एवं स्थानीय विषय विज्ञहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया आयोजना गरी महानगरीय गुरुयोजना निर्माणको काम शुरु गरिएको छ ।
  • बजारमा अव्यवस्थित रहेको पार्किङ्गको व्यवस्थापन गर्ने कार्यलाई पुल्चोक, सहिदचोक र लायन्सचोक गरी ३ स्थानबाट शुरु गर्नुका साथै ट्रक पार्किङ्गको लागि न्यूरोडमा पार्किङ्गको व्यवस्था गरिएको छ ।
  • सडक पेटीमा व्यवसाय गर्ने परिपाटीलाई निरूत्साहित गर्दै बालकुमारी कन्या मा.वि. सँग महानगरले भाडामा लिएको जग्गामा व्यवस्थापन गरिएको छ ।
  • नारायणी नदी किनारमा sea beach model मा विकास गर्ने कार्यक्रम रहेको छ ।
  • सडक बत्ती जडान र व्यवस्थापनलाई निरन्तरता दिइएको छ ।
  • एक घर दुई बिरुवा कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको छ । साथै फलफूलका विरुवा लगाउने अभियानलाई समेत यसमा जोडिएको छ ।
  • सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई सहज पार्न मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनको संचालनमा उचित रुटहरुको व्यवस्थापन गरिएको छ ।
  • बजार र राजमार्गका मुख्य 20 स्थानमा Traffic Island निर्माण गरिएको छ ।
  • महिलासँग मेयर र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, जनजाति, दलित लगायतका जोखिममा परेका समूहसँग मेयर जस्ता कार्यक्रमहरु संचालनमा
    ल्याइएको छ ।
  • महानगरभित्र रहेका सार्वजनिक र प्रति जग्गाहरु खोजबिन गरी संरक्षण गर्ने नीति लिइएको छ । यसका लागि निर्देशक समिति र कार्यान्वयन समिति गठन भै काम थालनी भएको छ ।
  • एक वडा एक पार्क एक वडा र एक पोखरी निर्माणको नीतिलाई अगाडि बढाइएको छ ।
  • वडा कार्यालय, टोलविकास संस्था, संघसंस्थाहरु र विभिन्न अभियन्ताहरु समेतको सहभागितामा महानगर क्षेत्रभित्र सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाइएको छ ।

. पूर्वाधार विकास तर्फ

  • 95 कि.मी. लम्बाईको महानगरीय रिङ्गरोड र लिंकरोडहरु निर्माणको शिलान्यास गरी चालु आ.व. मा 10 कि. मी. रिङ्गरोड र ६५ कि.मी. लिङ्करोड निर्माणको शुरु गरिएको छ । अन्य स्थानमा IEE/EIA र DPR तयार हुँदैछ । रिङ्गरोड 30 मिटर चौडाईको हुने र दुबै तर्फ हरियाली सहितको फुटपाथ र एकापट्टि साईकल ट्रयाक समेत रहने सोंच रहेको छ ।
  • गत आ.व.मा महानगरपालिका, स्थानीय जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब 96 कि.मी. नयाँ बाटो कालोपत्रे हुनुकासाथै करिब 60 कि.मी. सडक मर्मत भएका छन्।
  • दुई वटा वडा कार्यालय (वडा नं ८ र २४) भवन निर्माण सम्पन्न भैसकेका छन् भने अन्य ३ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् ।
  • महानगरले ठूला पूर्वाधारहरु निर्माणहरुमा विशेष जोड दिएको छ । करिब एक अर्ब लगानीको अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको लागि जग्गा छनौटको अन्तिम प्रक्रियामा छ ।
  • नेपाल सरकार, प्रदेशसरकार, महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको तयारीमा महानगरपालिका लागिरहेको छ ।
  • सहरी विकास तथा भवन डिभिजन कार्यालयसँगको समन्वयमा देवघाटमा अत्याधुनिक विद्युतीय शवदाह गृह निर्माणको काम भइरहेको छ ।
  • महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनको लागि २ ठाउँमा आकाशे पुल र ट्राफिक लाईट व्यवस्था गर्ने कार्य अगाडि बढिरहेको छ ।
  • नारायणगढको लायन्स चोकस्थित तरकारी बजारमा रहेको करिब 10 कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुतले व्यवसायिक भवन निर्माणको लागि डिजाईनको प्रक्रियामा रहेको र यसै बर्षबाट काम शुरु गर्ने लक्ष्य लिइएको छ ।
  • पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो (फुटपाथ र सर्भिस ट्रयाक सहित) यसै आ.व. मा शुरु गर्ने गरी सडक डिभिजन कार्यालय मार्फत प्रक्रिया अगाडि बढिरहेको छ ।
  • फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन आँपटारी नजिक महानगरपालिकाको स्वामित्वमा रहेको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रम छिट्टै शुरु गर्ने लक्ष्य लिइएको छ र यसको लागि कोरियाली कम्पनीसँग DPR सम्बन्धी सम्झौता भैसकेकोछ ।
  • भरतपुर वडा नं.19 स्थित रानीपोखरी र वडा नं ६ स्थित लक्ष्मीनारायण पार्कमा पहुँचमार्ग निर्माण तथा केन्द्रीय बस टर्मिनल स्तरोन्नति गर्न टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढिरहेको छ ।
  • सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि वडा नं. ३ अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको छ ।
  • वडा नं. २ को क्षेत्रपुरमा भरतपुर महानगरपालिकाको समन्वय र निजी क्षेत्रको लगानीमा देशकै नमुना “भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार” निर्माण भई संचालनमा आइसकेको छ ।

. सुशासन तर्फ

  • महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक कानुनहरु निर्माण र प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशनको थालनी गरिसकिएको छ ।
  • वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा विद्युतीय नेटवर्किङ्ग गर्ने काम अगाडि बढिरहेको छ ।
  • नगरबासीहरुको जनगुनासो सुन्नका लागि निशुल्क टोल फ्रि नम्बर र हेल्प डेस्कको स्थापना गरिएको छ ।
  • वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको मस्यौदा तयार गरिएको छ । निर्देशिकाको पालनाबाट सम्भावित जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ ।

. सामाजिक विकासतर्फ

  • बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त महानगरको लागि कार्ययोजना बनाई कार्यारम्भ भएको छ ।
  • गैरसरकारी संघ संस्थाका परियोजनालाई महानगरको योजना तथा कार्यक्रमसँग tie up गर्न निर्देशिका बनाई कार्यको थालनी भएको छ ।
  • भरतपुरलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरेअनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिएको छ ।
  • भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने र वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
  • महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको नियमन र अनुगमनको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।
  • २०७५ असार ३१ गते सिंगो महानगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तहको रुपमा घोषणा गरिएको छ ।
  • शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउनका लागि आवश्यक नीति निर्माण र नियमन गरिंदै लगिनुका साथै विशेष छात्रवृत्ति कार्यक्रमहरु अगाडि बढाइएको छ ।
  • शिक्षा क्षेत्रको गुणस्तर सुधार र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

. आर्थिक विकास तर्फ

  • कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रमहरु संचालन गरिएको छ ।
  • महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर 25 पैसाका दरले प्रोत्साहन स्वरुप नगद अनुदानको व्यवस्था गरिएको छ ।
  • तरकारी, फलफूल, माछातथा खाद्यान्न उत्पादनमा संलग्न किसानलाई कृषि औजार, सिँचाइ लगायतमा अनुदानको व्यवस्था गरिएको छ ।
  • महानगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ती ठाँउहरुमा पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ ।
  • वडा नं २२ को पटिहानीमा भ्यू पोइन्टसहितको अम्रेला स्ट्रिट निर्माणको चरणमा रहेको तथा वडा नं २८ को गोलाघाट र वडा नं २९ को चौकी डाँडामा पनि भ्यू टावर निर्माण गर्ने कार्यक्रम रहेको छ ।
  • देवघाटलाई धार्मिक पर्यटन स्थानको रुपमा विकास गर्ने तथाजगतपुर र मेघौलीलाई पर्यापर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको छ ।
  • महानगरपालिकाभित्र ठूला तारे होटलहरु संचालन गर्न चाहनेलाई विशेष सहुलियत दिने नीति लिएको छ ।

. राजस्वको वर्तमान अवस्था तथा भावी कार्यदिशा

  • गत वर्षको संकलित राजस्व रकम रु. 49 करोड 11 लाख (आन्तरिक आय ३० करोड)
  • यस वर्षको लक्ष्य :५५ करोड
  • यस आ.व. को असोज २६ गतेसम्म जम्मा राजस्व रु. ८,५२,९३,०८३। (रु. आठ करोड बाउन्न लाख त्रियानब्बे हजार तिरासी) उठेको छ । साथै केही वडाहरुको चलानी आउन बाँकि रहेको छ ।
  • राजस्व मध्ये सम्पत्ति कर, व्यवसाय करर सेवा शुल्क तथा घर बहाल कर प्रमुख रुपमा रहेका छन् ।
  • व्यवसाय करको सम्बन्धमा श्रेणी निर्धारण गरिएको र व्यापारीको स्व-घोषणाको आधारमा कर लिने कार्य गरिएको (पुँजी, लगानी, कारोबार तथा लोकेसनको आधारमा स्व-घोषणा हुने) छ ।
  • घरबहाल करको सम्बन्धमा कृषि प्रयोजनको लागि 1%, आवास प्रयोजनको लागि 2%, व्यापार प्रयोजनको लागि 10%, लिइँदै आएको छ । महानगरले कारोवारका आधारमा व्यवसाय करको दररेट कायम गर्ने प्रकृयामा रहेकोछ।
  • सेवाग्राहीको सहजता तथा सरलताको लागि घर घरमा टोली परिचालन गर्ने, करदाता शिक्षा प्रदान गर्ने र समृद्ध महानगर निर्माणको अभियानमा सबैलाई सहभागी गराउने गृहकार्य शुरु गरिएकोछ।
  • जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाईंसराई तथा सम्बन्ध विच्छेदको लागि नि:शुल्क दर्ता गर्ने व्यवस्था गरिएको तर 35 दिन कटेपछि रु.50 जरिवाना लाग्ने प्रावधान राखिएको छ।
  • महानगरले आन्तरिक श्रोत बढाउन अन्य करका श्रोतहरुको पहिचान र खोजी गर्ने तथा कर लगाउने गृहकार्य गरेको छ ।अत्याधुनिक पौडी पोखरी, अत्याधुनिक शौचालय जस्ता सशुल्क सेवा विस्तार गर्न सकिने अवस्था छ ।
  • सेवाग्राहीलाई सहज तथा सरल सेवा प्रदान गर्नको लागि 15वटा वडा कार्यालयहरुबाट राजस्व संकलन कार्य हुँदै आएको छ । थप तयारी गरी 1 महिनाभित्र सबै वडामा यो सुविधा विस्तार गरिनेछ ।
  • सेवाग्राहीलाई सहज तथा सरल सेवा प्रदान गर्नको लागि ई-सेवा प्रदान गर्ने सम्वन्धमा अध्ययन प्रारम्भ भएको छ।
  • महानगरपालिका र उद्योग वाणिज्य संघ, चितवनको सहकार्यमा कर प्रणालीलाई वैज्ञानिक बनाउने र कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउने सम्झौता गरी काम अगाडि बढाइएको छ।
  • सबै वडाहरुमा कर प्रशासनलाई चुस्त बनाउन सबै वडाहरुमा networking को कार्य सम्पन्न भएको छ ।
  • सबै वडाहरुमा optical fibercable विस्तार गरी internet को क्षमता सुदृढ गर्ने कार्य भएको छ जसले गर्दा ई÷सेवाप्रदान गर्ने लक्ष्य पुरा हुने देखिन्छ ।

 

अन्त्यमा, संघीय संरचनामध्ये जनताको सबैभन्दा नजिकको संरचना स्थानीय तहको प्रभावकारितामा नै राष्ट्रिय समृद्धि र सुशासन मापन हुने भएकोले समग्र भरतपुर महानगरपालिकालाई एक स्वस्फूर्त शहर (Smart City) को रुपमा विकास गरी सबैले गर्व गर्न लायक नमूना महानगर बनाउने महत्वाकांक्षी उद्देश्य प्राप्तिमा यहाँहरुको महत्वपूर्ण भूमिका छ । महत्वपूर्ण समय र रचनात्मक सहयोगको लागि उपस्थित सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक आभार व्यक्त गर्दै विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा भरतपुर महानगरपालिकाको तर्फबाट नगरवासी एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा पुन: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

धन्यवाद् !

(रेनु दाहाल)

प्रमुख

भरतपुर महानगरपालिका, चितवन

मिति: २०७५/०६/२८