१५ महिनासम्म पनि हत्यारा पत्ता लागेन

विराटनगर, २८ असोज । रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ बर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतबर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो ।

घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।