राप्तीको परेवाकोटमा दुई दिने लिडरशिप युथ क्याम्प–२०१८ सम्पन्न

आशिष उप्रेती

चितवन, २७ असोज । लियो क्लब अफ चितवन पर्साको आयोजनामा भएको दुई दिने लिडरशिप युथ क्याम्प–२०१८ आज शनिबार पूर्वी चितवनको राप्ती नगरपालिकाको परेवाकोटमा सम्पन्न भएको छ ।

विशेष गरी नया पर्यटकिय क्षेत्रलाई चिनाउन अनि युवाहरुमा सक्षम रुपले नेतृत्व बहन गर्न सकोस् र सबै युवाहरु एकीकृत भई युवाहरुमा सेवाको भावना अझै बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक लियो अबिनास प्रजाले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा लियो जिल्ला परिषद् ३२५ बी टु का एरिया ३ का एरिया कोचिफ लियो अन्जन चौधरि र बिशिष्ट अतिथिमा मोटिभेसनल ट्रेनर रुद्र पाण्डे रहनुभएको थियो ।

युवाहरुका लागि यस्ता कार्यक्रमहरु अब आउने वर्षहरुमा पनि गरिने कार्यक्रमका सभापति लियो रुपेश भट्टले बताउनुभयो।