प्रस्तावित राप्ती जेसिसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राप्ती,२७ असोज । पुर्वी चितवनको राप्ती नगरपालिका स्थित विरेन्द्रनगरमा शनिबार विजया दशमि, दिपावली लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रस्तावित राप्ती जेसीसकोे आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काशिराम पुनले युवाहरुले समाज परिर्वतनमा निम्ती भुमिका खेल्नु पर्न भन्दै जेसीसले युवाहरुलाइ नयाँ जोस जाँगर प्रदान गर्न बताउनुभयो ।

प्रस्तावित राप्ती जेसीसको अध्यक्ष बुद्धि राम कडेलको अध्क्षतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सो क्षेत्रका अगुवा चुडाप्रसाद सिलवालले अब समाज परिर्वतको जिम्मा युवाहरुले लिनुपर्न बताउनुभयो । सो सस्थाका उपाध्यक्ष दिनेश सेढाइले कार्यक्रम सञ्चालन गरेका थिए ।