राप्तीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राप्ती,२७ असोज । । पुर्वी चितवनको राप्ती नगरपालिकामा शुक्रबार विजया दशमि, दिपावली लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती नगरपालिकाको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र  पाण्डेले जनताको आशा भरोसालाइ सम्बोधन गर्नेकै लागि तिन तहाको सरकार निर्माण भएको बताउदै राप्ती नगरपालिकाको बिकासका लागी आफु निरन्तर लागी परेको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण खनालले विजया दशमि, दिपावली लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख इमान सिह लामाले नगरपालिकाले निर्माण गर्न ऐन कानुन सबै बनिसेकेको र अब नगर बिकासका लागि दौडिनु पर्न बताउनुभयो । उहाँले विकासको दौडमा सहभागी हुन सबै नगरबासीलाइ समेत आव्हान गर्नु भयो ।
नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका नेता तथा समाजसेवि घनश्याम कडेल, उद्योग बाणीज्य सघका महासचिव प्रदिप उप्रेति ,विज्ञ डा कृष्ण पन्त लगाएतले मन्तव्य राख्नुभएको थियो ।