चितवनका बन्जाराद्वारा गोरखाको महेन्द्र माविलाई पाँच थान फिल्टर प्रदान

गोरखा, २५ असोज । विद्यालयलाई फिल्टर प्रदान, चितवन रत्ननगर नपा १५ घर भइ हाल हङकङ बस्दै आउनु भएका आकाश बन्जराले गोरखाको महेन्द्र माविमा रहेका विद्यार्थिहरुका लागि पाँच थान फिल्टर प्रदान गरेका छन । विद्यालयमा रहेका बालबालिकाहरुले शुद्द पानी पिउन पाउनुपर्छ भन्ने मान्यता सहित बन्जराले जार सहितको फिल्टर प्रदान गरेका हुन ।

विद्यालयका कक्षाकोठामा राखेर विद्यार्थिहरुले फिल्टर गरेको पानी पिउन पाउने भएका छन । फिल्टर प्रदान गर्ने बन्जरा प्रति विद्यालयले आभार व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै सहयोगका लागि स्वागत गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भिमनारायण मल्लले बताए । विद्यालयमा फिल्टर प्राप्त भए पछि शुद्ध पानी पिउन पाइने भन्दै विद्यार्थिहरु खुशि भएका छन । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको रोहवरमा सामग्रि हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए । सामाजिक सेवा भावका धनी बन्जराले आगामि दिनमा फेरि ताइवान एकता समाजको सहयोगमा पुन सकेको सहयोग गर्ने बताएका छन ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर १२ मा रहेको महेन्द्र मा।वि।मा अधिकाँश कुमाल समुदाय सहित विभिन्न समुदायका ७५१ जना बालबालिकाहरु अध्ययन गर्दै आएका छन ।