दुर्गा मन्दिर बनाउन समाजसेवी हेमराजको दम्पत्तीद्धारा भूमिदान (फाटोफिचर)

चितवन, २५ असोज । पश्चिम चितवनको सुन्दरवस्तीमा दुर्गा मन्दिर निर्माण गर्न वरिष्ठ समाजसेवी हिमराज पौडेल र उनको श्रीमती महिला नेतृ सावित्री अधिकारीले भूमि दान गरेका छन् ।

भरतपुर वडा १४ सुन्दरवस्तीमा आफ्नो स्वर्गीय पिता महेश्वर पौडेल र स्वर्गीय माता हरिकला पौडेलको स्मृतिमा दुर्गामाता मन्दिर निर्माणका लागि १६ घुर जग्गा दान गरेका हुन् ।


चितवन काठमाडौँ संघिय जनसम्पर्क मञ्चका कोषाध्यक्ष हिमराज, चितवन काठमाडौँ महिला सञ्जालकी अध्यक्ष समेत रहेकी सावित्रिले समाजिक उत्तर दायित्व अन्र्तगत आफुहरुले मन्दिर बनाउन भूमिदान गरेका बताए ।

भरतपुर वडा न १४ अन्तर्गत सुन्दर आमा समुहलाई एक कार्यक्रमका विच उनीहरुले भुमि दान गरेका थिए । ।

घटस्थापनाको अवसरमा दुर्गा माताको मन्दिर बनाउनको लागि भुमि दान गर्नुहुने समाजसेवी पौडेल दम्पत्तीलाई गाउँ टोल समाज , छिमेकीको तर्फबाट मुरि मुरि धन्यवाद तथा हार्दिक आभार समेत कार्यक्रममा व्यक्त गरिएको थियो ।