आईसक्रिम पार्लर सञ्चालन

चितवन, २५ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० दिपेन्द्र चोकमा आईसक्रिम पार्लर सञ्चालनमा आएको छ ।
ईनर्जी फुड प्रालिले दिपेन्द्र चोकमा क्रिमबेल शप नाम दिएर बिहीबारदेखि आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको हो । आइसक्रिमका सबै खालका उत्पादनहरु बिक्री वितरण हुने सञ्चालक समीर श्रेष्ठले बताए । चितवनमा आइसक्रिमजन्य पदार्थहरु मात्रै बिक्री गर्ने ठाउँ नभएका कारणले आफूले नयाँ प्रयोग गरेको श्रेष्ठको भनाइ छ । भारतीय ब्राण्डको गुणस्तरीय आईसक्रिम बिक्री विरतण गरिने उल्लेख गर्दै श्रेष्ठले क्रिमबेल आइसक्रिमको वितरक रहेको रहेको बताए ।
गर्मी महिनामा मात्रै आइसक्रिम खाने प्रचलनलाई हटाउँदै जाडोमा पनि आइसक्रिम खान सकिन्छ भन्ने सन्देश दिनका लागि जाडो महिनामा आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । पार्लरको उद्घाटन समाजसेवी एवम् शैक्षिक व्यक्तित्व केशवकुमार श्रेष्ठ र गायत्री श्रेष्ठले गरेका हुन् ।