गयाकाशी हिडेका विनोद वेपत्ता

नवलपुर, २५ असोज । देवचुली नगरपालीका २ दुम्कौलीबाट यहि असोज १७ गते तिर्थका लागि भनेर भारतको गयाकाशी हिडेका देवचुली २ का ३६ वर्षिय विनोद महतो बाटो बाटै बेपत्ता भएको परिवारले जनाएको छ ।
गाउँमा रहेका करिव ५० जनाको समुह मिली तिर्थ गर्न हिडेका महतो भारतको गया भन्ने स्थानबाट बेपत्ता भएको जनाइएको छ ।
तिर्थ हिडेका अरु तिर्थालुहरु खाना खान गयामा ओर्लिने क्रममा त्यहाबाट हराएका महतो नफर्के पछि भारतिय प्रहरीलाई खबर गरिएको र भारतिय प्रहरीले पनि खोज तलास गरि रहेको पारिवारिक स्रोतले जनाएको छ ।
विनोदका दाजु शिवले आफ्नो भाइ तिर्थ जादा हराएको र खोजि गरि दिन आग्रह समेत गरेका छन । दाजु शिवले भाइ विनोदलाई नेपालमा कसैले फेला पारेमा ९८४७०९५५४२ मा सम्पर्क गरिदिन आग्रह समेत गरेका छन ।