राप्तीमा डेंगु रोग नियन्त्रणअभिमुखिकरण गोष्ठी

 

अनुज न्यौपाने
चितवन, २५ असोज । पुर्वी चितवनको राप्ती नगरपालिकामा आज डेंगु रोग नियन्त्रण सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

वीरेन्द«नगरमा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका भेक्टर निरीक्षक रामकुमार केसीले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बाच्य उपाय , डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानाकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै निरीक्षक रामकुमार केसीले टायर, प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताए ।
डेंगु रोग बाट बाच्नका लागी टायर,प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्न र जमेको पानी सफा गर्नु पर्न राप्ती नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी राजेन्द्र पराजुलीले बताउनुभयो ।
नगरपालिकाले स्वयमसेवक हरुलाइ परिचालन गरि आगामि २६ र २७ गते डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानाकारी दिनुभयो ।
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्छ ।

राप्ती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको सो गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयमसेवक तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।