विवेकशील साझा चितवनमा विस्तार हुदै, ऋषि कार्कीको संयोजनमा टोल कमिटी

 

चितवन, २४ असोज । चितवनमा विवेकशील साझा पार्टीको पहिलो आधिकारिक टोल कमिटी गठन भएको छ ।
महान चाड बिजया दशमी, तिहार तथा छठको उपलक्ष्यमा खैरहनी नगरपालिका वडा नं. ३ गोठ्स्वरमा ऋषि कार्कीको संयोजकत्वमा विवेकशील साझा पार्टी स्पेशल टोल कमिटी गठन भएको हो ।

यो सँगै विवेकशील साझा चितवनले संगठन विस्तारमा खाता खोलेको हो।

स्पेशल टोलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी समेत रहेका विवेकशील साझा पार्टी चितवनका संयोजक भुपेन्द्र बस्नेतले आउँदै गरेको महान् चाड बिजया दशमी, दिपावलि तथा छठको उपलक्ष्यमा सबैमा शुभकामना ब्यक्त गरे ।

विवेकशील साझा पार्टीले यस बर्षलाई संगठन बिस्तारको बर्षको रुपमा मनाउने घोषणा गरेसँगै देशव्यापी रुपमा संगठन निर्माण र नयाँ सदस्यता वितरणलाई तिव्रता दिईएको उनले बताए ।

उनले सदस्यता लिन इच्छुकहरुलाई सदस्यता वितरण गरिने बताउँदै बिबेकशिल साझाको चितवनको पहिलो टोल कमिटीको घोषणा गरे । संयोजक बस्नेतले अबको बिकल्प र आशा नै विवेकशील साझा पार्टी रहेकोले विश्वाश गर्न आग्रह गरे ।

समितिको सदस्यहरुमा हरी कार्की, तिर्थ रायमाझी , सुरेश उप्रेती, अनिता थापा, दिपेश उप्रेती र भिम थापा रहेका छन । कार्यक्रममा उपस्थित स्थानियहरुले गाउँका राम्रा तथा अब गर्नु पर्ने कामका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

सहभागीहरुले आगामी दिनमा आम मानिसले विवेकशील साझा पार्टीको कृयाकलापलाई निगरानी गर्ने र सोहि अनुसार यस पार्टीले पनि सहि काम र व्यबहार गर्नु पर्ने औँल्याए ।

स्पेशल टोल समितिका सयोजक ऋषि कार्कीले आफुले पाएको जिम्मेवारी निभाउने र टोलको बिकासमा लाग्ने बताए । जेष्ठ नागरिक, महिला तथा युवाहरुको उपस्थिती रहेको सो कार्यक्रममा विवेकशील साझा पार्टीका क्षेत्रिय संयोजकहरु जगदिश पन्त, बिष्णु पौडेल तथा युवा नेता प्रशान्त सापकोटा लगायतले मन्तब्य राखेका थिए ।