नारायणी मोटर्सले गैंडाकोटमा शाखा विस्तार गर्यो

चितवन, २४ असोज । नारायणगढको नारायणी मोटर्सले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै पूर्वी नवलपरासीको गैंडाकोटमा आफ्नो शाखा विस्तार गरेको छ ।
नारायणी मोटर्सले गैंडाकोट नगरपालिका वडा नम्बर ४ कालिगण्डकी चोकमा एबीसी नारायणी मोटर्सको नामबाट बुधबार घटस्थापनाको दिनदेखि सेवा शुभारम्भ गरेको हो । बजाज कम्पनीको मोटरसाइकलको आधिकारिक बिक्रेताको रुपमा रहेको नारायणी मोटर्सले ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको उल्लेख गर्दै सञ्चालक बालगोपाल चुकेले अत्याधुनिक सुविधा सम्पन्न वर्कशप निर्माणको काम भइरहेको बताए ।
बुधबारदेखि मोटरसाइकलको बिक्री सुरु गरिएको भएपनि वर्कशप निर्माण सम्पन्न भएलगत्तै एबीसी नारायणी मोटर्सको औपचारिक रुपमा उद्घाटन गरिने चुकेले बताए । बिक्री पछिको सेल्स, सर्भिस र स्पेयर सुविधासहित ग्राहकलाई सेवा पु¥याउने गरि शोरुम सञ्चालन गरिएको चुकेको भनाइ छ । बजाज कम्पनीका जुन सुकै मोडलका मोटरसाइकल पनि शोरुमबाट बिक्री शुभारम्भ गरिएकाे  चुकेले बताए ।

न्युन अाएका व्यक्तिले समेत माेटरसाइकल खरिद गर्न सकुन् भन्ने उद्देश्यले माेटरसाइकल खरिदका लागि फाइनान्सको सुविधा समेत उपलब्ध भएको चुकेले बताए । ग्राहकको सन्तुष्टि नै आफूहरुको चाहना भएकाले अत्याधुनिक वर्कशप निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको चुकेको भनाइ छ ।