प्राध्यापक वैज्ञानिक विष्णुप्रसाद गौतमको अन्तराष्ट्रिय रोवर्ट प्रतियोगिताका लागि ‘आमाको जाँतो’ तयार

टोक्यो अक्टोबर १० । जापानको एक विश्वविध्यालयमा कार्यरत नेपाली प्राध्यापक वैज्ञानिक विष्णुप्रसाद गौतमले अन्तराष्ट्रिय रोवर्ट प्रतियोगिताका लागि ‘आमाको जाँतो’ नामक स्वचालित जाँतो तयार गरेका छन। उच्च शिक्षा अध्ययनका लागि २४ बर्ष पहिले जापान आएका कास्की जिल्लाको धिताल (हाल माछापुच्छ्रे गाउँपालिका)का गौतमले अन्तराष्ट्रिय स्तरको ‘र्इटी रोवोकोन २०१८’ नामक प्रतियोगितामा सहभागिताका लागि सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका हुन्।

विभिन्न किसिमका खाद्यान्नको पिठो पिस्नमिल्ने गरि तयार गरिएको सो जाँतो आईओटी तथा रोवटिक्स प्रयोग गरी आवाजको भरमा सन्चालन गर्न सकिन्छ। हाल जापानको होक्कार्इदो स्थित वाकानाई होकुसेई गाकुइन विश्वविध्यालयका प्राध्यापक गौतमले सूचना प्रविधिमा विध्यावारिधि गरेका छन । गाैतमका विध्यार्थीहरू हाल जापानका प्रतिष्ठित अार्इटी कम्पनी सहित अमेरिकन गुगल तथा मार्इक्राेसफ्ट कम्पनी समेतमा कार्यरत छन। ‘आमाको जाँतो’ संचालनका लागि सौर्य उर्जाको सयवाटको एक थान सोलार प्यानल प्रयोग गरिएको छ भने यसको अधिकतम उर्जा क्षमता १८ वाट हुन्छ। यस प्रविधिका लागि ईन्भटर तथा ब्याट्री सेल पनि प्रयोग गरिएकाले ग्रिड बिधुत पनि एकै साथ प्रयोग गर्न सकिन्छ । बादल तथा वर्षाको समयमा पनि यो प्रविधि बिना रोकावट प्रयोग गर्न सकिने उनको दाबी छ। विशेषत नेपालको पहाडी तथा हिमाली क्षेत्रमा सजिलैसंग यसको प्रयोग गर्न सके त्यहाँको जनजिवन सहज हुने गौतमले बताए । जापानमा हुने अन्तराष्ट्रिय स्तरको रोवटिक्स प्रतियोगितामा यो प्रविधिको छोटो भिडियो युट्यूबमा राखिएको छ।

आज बुधबार जापान समयको राती १२:०० बजेसम्म युटुवमा सर्वाधिक लाईक तथा कमेन्ट पाउने भिडियो प्रतियोगितामा उत्कृष्ठ हुनेछ। प्राध्यापक गौतमले आफुले गरेको आविष्कारलार्इ प्रोत्साहनका लागि विश्वभरिका नेपालीहरूमा भिडियो लार्इक तथा कमेन्ट गरिदिन आग्रह गर्नुभएको छ।