किन रोकियो एक सय ४४ मेट्रिक टन चिनी नेपालगन्ज भन्सारमा

बाँके , २४ असोज सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो ।

मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।

उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए । ‘सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने ।, आजको नयाँपत्रिका दैनिकमा खबर छ ।