भण्डारामा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

राप्ती,२३ असोज । पुर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारा माध्यमिक विद्यालयमा आज हिन्दुहरुको महान पर्व विजयी दशमी, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भण्डारा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा एसईई, कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ नगद सहित सम्मान गरिएको थियो ।
विद्यालयका अध्यक्ष  राम बहादुर सारु मगरको  प्रमुख आतिथ्य तथा राप्ती नगरपालिका वाड नम्बर ६ का वडा अध्यक्ष झल्लु चौधरीको  विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विषयका विषय शिक्षकले आफनो विषयमा उत्कृष्ट ल्याउन सफल विद्यार्थीलाइ नगद सहित सम्मान गरे । विद्यार्थीमा उमंग र उत्साह थप्न रचनात्मक कार्यक्रमको समेत आवश्यकता पर्ने सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अतिति राम बहादुर सारु मगरले बताउनु भयो ।

कक्षा १२मा अध्ययनरत पुजा दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य र संगितमा मनोञ्जन लिगेका थिए ।