डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजिँदै

राप्ती,२३ असोज । पुर्वी चितवनको राप्ती नगरपालिकामा डेंगु नियन्त्रण गर्ने अभियान सुरु हुने भएको छ । राप्ती नगरपालिकाले डेंगु रोगबाट बच्नका लागी भन्दै डेंगु नियन्त्रण गर्ने अभियान सुरु गर्न लागेकोे हो ।

डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने बताइएको छ । अभियान अन्तर्गत नगरपालिकाले बिहिबार अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।नगरपालिकाले डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने जनाएको छ । अभियान अन्तर्गत नगरपालिकाको खुरखुरे देखि लोभर सम्म डेंगु रोग नियन्त्रण गर्न शुक्रबार देखि स्वयमसेविकाहरुले लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने छन् ।

हरेक बजारमा स्वायमसेवीकाहरुको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने, लामखुट्टेको वृद्धि विकास रोक्न वडा भित्र रहेका घारीहरु फाड्ने, पानी जमेका खाल्डाखुल्टी पुर्ने, सरसफाई गर्ने, पानी जमेर बसेका गाडीका टायरहरुमा मोविल हाल्ने काम गर्ने नगरपालिकका स्वस्थ्य शाखाका राजेन्द्र  पराजुलीलेजानकारी दिए ।

शुक्रबार देखि डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न दुई दिन सम्म अभियान सञ्चालन हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ