पूर्वमन्त्री पाण्डेद्वारा चितवन प्रदर्शनी केन्द्रको अवलोकन

भरतपुर,२३ असोज । पूर्व भूमीसुधार तथा व्यवस्था, वन तथा भू–संरक्षण मन्त्री एवं राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मंगलबार चितवन उद्योग संघ अन्तर्गत निर्माणाधिन चितवन प्रदर्शनी केन्द्रको अवलोकन गर्नुभएको छ । प्रदर्शनी केन्द्रको अवलोकन गर्दै पाण्डेले औद्योगिक प्रदर्शनी केन्द्रले चितवन र आसपासका क्षेत्रको औद्योगिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालकै मध्यभागमा बन्न लागेको उक्त प्रदर्शनीले चितवनको समृद्धका लागि ठूलो योगदान पुग्ने समेत बताउनुभयो ।
आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन भन्ने नारासहित नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको प्रयासमा घरेलु तथा साना उद्योग कार्यालय, चितवनको नाममा रहेको २ बिघा ७।५ कठ्ठाजग्गा जमिन २९ वर्षको लागि भाडामा लिएर रु।४१ करोड ४६ लाखको कुल लागतमा नेपालकै पहिलो अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न प्रदर्शनी केन्द्र निर्माण भइरहेको र उक्त प्रदर्शनी केन्द्र निर्माणका लागि नेपाल सरकारबाट अनुदानस्वरुप रु। १५ करोड रकम प्र्राप्त भएको र चितवन उद्योग संघमा आवद्ध सदस्यहरू एवं चन्दादाता महानुभावहरुसंग विभिन्न अभियानको माध्यमवाट संकलन गर्ने कार्य अगाडी वढिरहेको छ ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।