विद्युत प्राधिकरणका कर्मचारी जिम्मेवार नहुदाँ सेवाग्राही मर्कामा, ईन्जिनियर प्रति असन्तुष्टी (भिडियो)

 

प्रकाश सिग्देल

चितवन असोज २२ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारी जिम्मेवार नहुदाँ सेवाग्राहीहरुले समस्या भोग्न बाध्य भएका छन् ।
कार्यालयमा कामका लागी पुग्ने सेवाग्राहीहरुलाई विभिन्न बाहानामा कहिले यत कहिले उता कहिले को नभएको कहिले को नभएको भन्दै सेवाग्राहीलाई निकै दुख दिने गरेको सेवाग्राही प्रितम अधिकारीले बताउनु भयो ।
कार्यालयमा कुन कर्मचारीले के काम गर्ने हो भन्ने पनि अनबिज्ञ भएको र सोधन जादा कर्मचारीले झकर्दै जवाफ दिने गरेको सेवाग्राहीहरु बताउछन् ।

 

 

 

एउटा समस्या लिएर त्यहा पुग्दा कहिले के केहिले के भनेर दुख मात्रै दिने गरेको सेवाग्राहीको गुनासो छ । सोमबार कार्यालयमा कार्यालय प्रमुख पनि नभएको र प्रशासनबाट निमित्त भन्दै ४ नम्बर कोठामा पठाउने गरेको र त्यहा पुग्दा ४ नम्वर कोठाका ईन्जिनियर प्रितमराज बिष्टले सहि जवाफ पनि नदिने आफुहरुको समस्याको कुनै सुनुवाई नगरी आफुहरुलाई गाली गर्दै पठाउने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
नागरिकको करबाट तलब खाएर सेवा गर्न बस्ने कर्मचारीले तिनै नागरिकको समस्या समाधानमा कुनै चासो नदिई उल्टै झपारेर पठाउने गरेको उहाको कोठामा समस्या लिएर पुग्ने अधिकाशंको गुनासो छ ।
सेवाग्राहीलाई सहि जवाफ नदिने र दुखमात्रै दिने कर्मचारीलाई कारबार्ही गर्नु पर्ने सेवाग्राहीहरुको माग छ । धेरै जसो सेवाग्राहीहरुले कार्यालयबाट पाउने सेवाबाट असन्तुष्ठी जनाएका छन् । सेवाग्राहीको गुनासोका आधारमा हामी उहाको कोठामा पुग्दा प्रितमराज बिष्ट र सेवाग्राहीबिच भनाभन भईरहेको थियो । यसविषयमा थप जानकारी लिन खोज्दा कार्यालय प्रमुख सुरेश महत्तोको फोन उठेन् ।