मुरली प्रसादले स्थापनाको अक्षयकोषद्धारा विद्यार्थीलाई स्टेशनरी वितरण

चितवन असोज २२ । खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृती अक्षयकोषले खैरहनीका विभिन्न विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको छ ।
विभिन्न दाताहरुको सहयोगमा अक्षयकोषले नगरका ५ वटा विद्यालयका विद्यार्थीहरुलाई सोमवार स्टेशनरी वितरण गरेको हो ।
खैरहनी ८ का सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलले खैरहनी माविमा सो छात्रवृत्ती कोष स्थापना गरेका थिए । सोही छात्रवृतीबाट खैरहनी माविमा अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीलाई छात्रवृती वितरण गरिदै आएपनि गजुरेलले सहयोग संकलन गरेर अन्य विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेका हुन् । खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको प्रमुख आतिथ्यतमा स्टेशनरी वितरण गरिएको थियो ।
संयोजक गजुरेलका अनुसार खैरहनी माविका ३० जना,सलौलीका ८ जना,सुर्तनाका ८ जना, मगनीका ७ जना र वैरहनीका ३ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको हो । यस्तै इसईई उर्तिण भएरपनि आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नपाएका शक्तिखोरका अर्जुन चेपाङलाई अक्षयकोषका संयोजक गजुरेलले खैरहनी माविमा भर्ना गरिदिएका छन् ।
राज्यबाट पाउनु पर्ने सुविधावाहेक अन्य सहयोग कोषबाट प्रदान गर्ने गरि विद्यालय भर्ना गरिएको गजुरेलले वताए ।स्टेशनरी वितरण कार्यक्रम अक्षयकोषका संयोजक मुरली प्रसाद गजुरेलको अध्यक्षतामा भएको थियो ।