नेकपाको सचिवालय बैठक जारी

काठमाडौ,२२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसीरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताले गर्दा स्थगित भएको बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

आजको बैठकमा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । साथै, पार्टीको जिल्ला तथा प्रदेश र जनसंगठनको एकतालाई पनि टुंग्याउनका लागि बैठकमा छलफल हुने जनाएका ेछ ।