चितवनमा तिब्र गति र निषेधित स्थानमा हर्न बजाउने ७ ओटा मोटरसाइकल कारबाहीमा

चितवन,२२ असोज । तिब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही गरिएको छ । आईतबार भरतपुर महानगरपालिका स्थित नारायणगढ बजार क्षेत्रमा ठुलो आवाज बनाई जनतामा त्रास उत्पन्न हुने किसिमले सवारी चलाउने चालकहरुका   ७ वटा मोटरसाईकलहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । त्यती सवारी धनिलाई एकपटक सचेत गराई ट्राफिक नियमानुसार जरिवाना गरिएको छ ।

यसै गरी मोटरसाईकलमा बिभिन्न किसिमका साउण्ड सिस्टमहरु जडान गरी समाजलाई भय एवं त्रास सिर्जना गर्दै हर्न बजाउने र तिब्र गतिमा मोटरसाईकल चलाउने मानिसहरुलाई पक्राउ गरी कानूनी कारवाही शुरू गरिएको छ ।

चितवनमा यो अभियान निरन्तर रुपमा चलि रहेको ट्राफिक प्रहरीले जनाएको छ । यस्ता सवारि साधन कहिँकतै चलाइएको र साउण्ड ठुलो बनाई चलाईएको पाईएमा प्रहरीमा खबर गर्न आम सर्वसाधारणहरूमा जिल्ला प्रहरी कार्यालय चितवन आग्रह गरिएको छ ।

सुरक्षित र शान्त चितवन बनाउने अवधारणा अनुसार कतिपय स्थानमा हर्न बजाउन निषेध गरिएको हो । निषेधित स्थानहरूमा हर्न बजाउने लाई ट्राफिक नियमानुसार कारवाही हुने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।