नागरिकता पाएपछि ७६ वर्षीया जित बहादुर दङ्ग

अनुज न्यौपाने
राप्ती,२२ असोज । जित बहादुर प्रजा लौरो टेक्दै कालीटार आइपुगे । कालीटार आइपुगेका उनी निकै हर्षित मुद्रामा भेटिए । राप्ती नगरपालीका–१३ मा बस्ने जित बहादुर प्रजा बुढेसकालमा नागरिकता पाएपछि हर्षित भएका छन् । नागरिकता बनाउनुपर्छ भन्ने चेतनाको अभाव तथा सदरमुकामसम्म पुगेर नागरिकता बनाउनबाट वञ्चित प्रजालाई राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेको घुम्ती शिविर वरदान सावित भएको हो ।
जेष्ठ नागरिक गाउँमै नागरिकता पाउँदा दङ्ग भएका छन् । गाउँमा शिविर सञ्चालन नगरेको भए सायद नागरिकता नबनाई मरिन्थ्यो होला , ७६ वर्षीया प्रजाले भने, ‘बुढेसकालमा भए पनि नागरिकता पाएपछि वृद्धा भत्ता पनि खान पाइने भो ।’
गाउँमै पुगेर शिविर सञ्चालन गरी नागरिकता प्रदान गर्दा ज्येष्ठ नागरिकहरु बढी लाभान्वित भएको राप्ती नगरप्रमुख प्रभा बरालले बताउनुभयो । नागरिकता पाएपछि जित बहादुर प्रजाले राप्ती नगर प्रमुख प्रभा बराल सँगै प्रशासनका सबै कर्मचारीसँग खुसी व्यक्त गरे । आफ्नो अन्तिम धोको पूरा गरिदिएकोमा मेयर बराललाइ घन्यवाद दिए ।
राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती वडा नम्बर १३ मा शनिबार देखि सञ्चालन गरेकोे घुम्ती शिविरमा ७४ महिला र ५४ पुरुष गरी १२८ जनालाई नागरिकता प्रमाण पत्र प्रदान गरिएको नगरपालिकाका लेखा अधिकृत मुतिm चापागाँइले जानकारी दिनुभयो । गाउँमै नागरिकता प्रमाणपत्र पाउँदा स्थानीय निकै खुशी भएका छन् । सो शिविरमा ३७ जनाको विवाह दर्ता गरिएको र ९५ बालबालिकाको जन्मदर्ता समेत गरिएको शिविरमा खटिएका जिल्ला प्रशासन कार्यलयका कर्मचारीले बताए । नेपाल चेपाङ सघ राप्ती नगरकार्य समितिले सहयोग गरेको सो कार्यक्रममा मेयर बराल, नेपाल चेपाङ सघ जिल्ला अध्यक्ष लक्ष्मण चेपाङ, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।