दशैँ आयो, स्वादिलो खसीको मासु यसरी पकाउनुहोस् ( भिडियो)

काठमाडौं । चाडबाडमा मासुको परिकार धेरै खाने नेपालीरुको चलन छ ।  नेपाली हिन्दुहरुको महान पर्व दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ। खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ। तर मासुको परिकारलाई कसरी स्वादिष्ट बनाउने तर्फ भने कमै ध्यान दिने गरिन्छ । खसीको मासुलाई कसरी थप स्वादिष्ट बनाउन सकिन्छ तपाईलाई जानकारी दिदैँ छौँ ।

आवश्यक सामग्री

खसीको मासु टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी
जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल
खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला

विधि

सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने ।
त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
राम्रोसनग मोलेपछी छोपेर राख्ने ।
अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।
त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने ।
फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने।

(हेर्नुहोस् विधि सहित)