नेकपाको सचिवालयको बैठक बस्दै

काठमाडौं,२१ असोज  ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ ।पार्टी एकीकरण टुङ्गो लगाउन र पार्टीभित्रका असन्तुष्टि समाधानगर्न भन्दै नेकपाले दिँउसो ४ बजे सचिवालय बैठक बोलाएको हो । प्रदेशपदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति वरिष्ठ नेतामाधवकुमार नेपालले चर्को असन्तुष्टि जनाइरहनु भएको छ ।
प्रधानमन्त्रीएवम्पार्टीअध्यक्ष केपीओली र अध्यक्षपुष्पकमल दाहालप्रचण्डले शुक्रबार छलफल गरेर बैठक बोलाउनु भएको हो ।
दुईपार्टीबीच पार्टी एकीकरणको सहमतिभएको एक बर्ष वितेपनितल्लो तहसम्म एकता हुन सकेको छैन ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच जेठ ३ मा पार्टी एकता भएयता असार २१ गते एकपटक मात्र स्थायी समितिको बैठक बसेको थियो ।
पार्टीका महत्वपूर्ण निर्णयहरु नौ सदस्यीय सचिवालयले गर्दै आएको छ ।