नेपाल तामाङ घेदुङ राप्ति नगरको अध्यक्षमा सन्देश तामाङ

राजेश रुम्बा तामाङ्ग

चितवन, २१ असोज ।  नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङको प्रमुख अतिथ्य र घेदुङ बुद्धिजिबि बिभाग प्रमुख इमान सिंह मोक्तान तामाङको बिशेष्ट अतिथिमा नेपाल तामाङ राप्ति नगर पालिकामा शन्देश तामाङको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरिएको छ । कमिटीमा क्रमशः अध्यक्ष संदेश घलान तामाङ्ग , उपाध्यक्ष द्धय इन्द्र बहादुर तामाङ्ग,बिष्णु माया तामाङ्ग, सचिव डिलबहादुर तामाङ्ग , कोषाध्यक्ष नारायण तामाङ , सह सचिव राज कुमार मोक्तान, सदस्यहरुमा इन्द्र माया तामांग,ज्ञानी माया तामाङ्ग,भुवन तामाङ्ग ,देबी माया तामांग,कान्छी माया तामाङ,अम्बिका तामाङ्ग,माणिक लाल तामाङ्ग रहेको छन् ।

कमिटी गठन कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य द्धय गोमान सिंह रुम्बा तामाङ,राम भक्त तामाङ्ग , जिल्ला अध्यक्ष गोपि राज घलान,नेपाल माहुरी ब्यबसायी महासघ प्रदेश नस ३ का अध्यक्ष धर्म राज मोक्तान ,तामांग मुक्ति मोर्चा जिल्ला उपाध्यक्ष मान बहादुर स्याङ्ग्बो लगाएत स्थानीय तामाङ्ग जनाप्रदिनी र अन्य समाजिक अगुवाइहरुको बाग्लो उपस्थितिमा प्रथम राप्ति नगर अधिबेशन सम्पन्न लगतै कमिटि गठन गरेको हो ।नेपाल तामांङ्ग घेदुङ राप्ती नगर इन्चार्च डिलकुमारी थिङ्ग तामांगको अध्यक्षातामा सो अधिबेशन सम्पन्न भएको थियो भने भेलालाई नेपाल तामांग घेदुङ्ग जिल्ला उपाध्यक्ष निलिमा गोंग्बो तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । सोहि क्रममा चितवनमा रहेर आफ्नो समुदयिको निम्ति योगदान पुर्याएको भन्दै नेपाल घेदुङ्ग चितवन जिल्ला समन्वय समितिले विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान सहित सम्मान समेत गरेका थिए ।
राप्ति नगर पालिका वडा न।७ र ८ को कार्यालय बिरेन्द्र नगर स्थित सभाहलमा बसेको सो भेलालाई सम्बोधन गर्दै संघिय अध्यक्ष गोलेले नेपाल तामाङ घेदुङ्को देस ब्यापि रुपमा संखठन बिस्तार र प्रशिक्षण कार्यक्रमले तिब्रता पाएको र तामाङहरु जागि सकेकोले अब आफ्नो जात,धर्म ,भाषा र संस्कार संस्कृति लाई भुलेर कोहि पनि निधाउन नहुने बताए । कति पए ठाउँमा अझै पनि तामाङहरु यथार्थ आफ्नो धर्म संस्कृति नबुझी अरुको देखासिखि गर्नले हरेकरुपमा पछि परेको जनाए । कसैको धर्म संस्कार र संस्कृतिलाई अपमान नगरौं तर आफ्नो धर्म संस्कार संस्कृतिलाई नभुलौं भन्दै गोलेले विभिन्न धर्मको नाममा अन्दोभक्त हुनु भन्दा आफ्नो सहि बुद्ध धर्मलाइ अंगाली आफुले सकेको धार्मिक,शैक्षिक राजनीतिक सचेतना जगाउने किसिमले लाग्न तामाङ्ग समुदयिलाई आग्रह समेत गरे ।

कार्यक्रम नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समितिको आयोजनामा भएको थियो भने कार्यक्रम तामाङ्ग घेदुङ्ग जिल्ला शिक्षा भिबाग प्रमुख कुमार लामाले संचालन गरेका थिए ।