शान्तिकुञ्ज सहकारीको अध्यक्षमा पार्वती न्यौपाने चयन

चितवन २० असोज । रत्ननगर १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा पार्वती न्यौपाने चयन भएकी छन । संस्थाको १० औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा सर्ब सम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विनिता पौडेल,सचिवमा दुर्गा बराल,कोषाध्यक्षमा सीता चापागाई र सदस्यहरुमा लक्ष्मी घिमिरे,गौरी चौलागाई,मंगलमाया गुरुङ,सम्झना लामिछाने,मानकुमारी भण्डारी,विष्णु खनाल, सरला अधिकारी,कमला रेग्मी,निर्मला ढकाल,सरला भट्ट,शुभद्रा खनाल चयन भएका छन । संस्थाको लेखा समिति संयोजकमा अनिता घिमिरे र सदस्यहरुमा सर्मिला भट्ट,दिब्या खतिवडा,शिक्षा उपसमिति संयोजक निर्मला दंगाल,अनुगमन समितिको संयोजकमा सुर्यवती भट्टराई,बजार व्यवस्थापन समिति संयोजकमा विनिता पौडेल,ऋण समितिको संयोजकमा सीता चापागाई चयन भएका छन । नवनिर्वाचित अध्यक्ष न्यौपानेले सहकारीको सिद्धान्तलाई आत्मसाथ गरी महिलाहरुको जीवन स्तर उकास्ने काममा एकचित्त भएर लाग्ने बताइन । संस्थाको कारोवारलाई पारदर्शी बनाउदै महिलाहरुलाई उद्यमी बनाउन लागि पर्ने उनको भनाइ छ । साधारण सभा तथा अधिवेशनको अबसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको छ । सो संस्थाले महिलालाई उद्यमी बनाउन ऋण लगानीसंगै उपभोक्ता पसल समेत सञ्चालन गरिरहेको छ । आगामी दिनमा दुग्ध खरिद गरेर विभिन्न परिकार बनाएर विक्री गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले जानकारी दिइन ।