पप्पु कन्स्ट्रक्सन, सांसद रौनियारसहित कसलाई कति जेल ?

काठमाडौं, २० असोज । पप्पु कन्स्ट्रक्सनका सञ्चालक र तिनलाई सघाउने सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठूला सरकारी ठेक्का समयमै पूरा नगरी अलपत्र छाड्ने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार, छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले दोषीलाई भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । तर उनीहरू पक्राउ परेका छैनन् । अख्तियारले सांसद रौनियारमाथि भ्रष्टाचार मुद्दा दायर भएकाले उनी निलम्बनमा परेको शुक्रबार नै संसद् सचिवालयलाई जानकारी गराएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए । मुद्दा दायर गरिएकाहरूलाई पक्राउ गरी बयान लिने काम विशेष अदालतको भएको उनको भनाइ छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर का छ।

माग गरिएको बिगो र कारवाही

हरिनारायणप्रसाद साह रौनियार –१९ करोड ३२ लाख २५ हजार– २ वर्ष कैद

सुमित रौनियार – १९ करोड ३२ लाख २५ हजार – २ वर्ष कैद

कार्मा तेन्जिङ तामाङ – १५ करोड ८ लाख ८४ हजार – ३ वर्षसम्म कैद

मनोज श्रेष्ठ – ९ करोड २४ लाख २४ हजार– ३ वर्षसम्म कैद

हरिबहादुर खड्का – ७ करोड ५४ लाख ४८ हजार – ३ वर्षसम्म कैद

नवराज केसी – ६ करोड ९२ लाख ४६ हजार – ३ वर्षसम्म कैद

राजेशकुमार यादव – ३ करोड ८८ लाख ७२ हजार –३ वर्षसम्म कैद

प्रेमप्रसाद चुवाई – ३ करोड १९ लाख ३८ हजार – ३ वर्षसम्म कैद

भानु जोशी – १ करोड ९७ लाख १३ हजार –३ वर्षसम्म कैद

गोविन्द गैरे –१ करोड ९५ लाख ८८ हजार – ३ वर्षसम्म कैद

दीपेन्द्रबहादुर विष्ट – १ करोड ६१ लाख ८३ हजार – ३ वर्षसम्म कैद

कृष्णदेव यादव – १ लाख ४१ हजार – २ वर्ष सम्म कैद