योजना तथा अनुगमन सम्वन्धी अभिमुखीकरण

चितवन, असोज १९ । खैरहनी नगरपालिकामा उपभोक्ता समिति गठन तथा योजा संचालन र व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम शुक्रवारदेखी सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा कार्यपालिका सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा योजनाको सुरुवातदेखी अन्त्य सम्म गरिने प्रक्रियाकाबारे कार्यपालिका सदस्यहरुलाई जानकारी गराईनेछ । उद्घाटन कार्यक्रम खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुरुषोतम शर्मा,प्रशाशकिय अधिकृत प्रकाशचन्द्र पौडेल योजना शाखा प्रमुख इन्जिनियर राजेश कोईराला र लेखा अधिकृत मोहदत्त सापकोटाले सहजीकरण गर्नेछन् । प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार उपभोक्ता समिति गठन गर्दा वडाध्यक्ष, वडा सदस्य, वडा सचिवको अनिवार्य उपस्थिती हुनु पर्छ । यसअघि १३ वटै वडाका वडा सदस्यहरुलाई यस सम्वन्धी तालिम प्रदान गरिसकेको छ