राप्ती गोल्डकपः वीरगंज युथ एकेडेमी विजयी

राजेश रुम्बा लामा

चितवन, असोज १८ । पूर्वी चितवनको राप्ती नगरपालिकाको भण्डारामा जारी प्रथम राप्ती गोल्डकप अन्तरगत विहीबार भएको खेलमा वीरगंज युथ एकेडेमी पर्सा विजयी भएको छ ।

भण्डारा माविको चौरमा भएको निकै प्रतिस्पर्धा खेलमा एभरेष्ट फुटबल क्लवभरतपुरलाई वीरगंजले १–० गोल अन्तरले पराजित गर्दै विजी भएको थियो।  वीरगंजका लागि श्रीकृष्ण कार्कीले पहिलो हाफमा निर्णायक गोल गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भएको प्रतियोगिताका संयोजक विकास मोक्तानले जानकारी दिए ।

ग्रेस इन्टरनेशनलले प्रायोजनमा हर्दी युवा समाजको आयोजनामा भईरहेको गोल्डकप अन्तरगत भोलि सर्लाहीको लालबन्दी स्पोर्टर्स क्लव र चितवनको हनामी भरतपुर फुटबल क्लवबीच प्रतिस्पर्धा हुने हर्दी युवा समाजका अध्यक्ष शम्भु विकले जानकारी दिए ।

एपिएफ क्लवसहित १४ टिमको सहभागीता रहेको गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैया र उपविजेताले नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्नेछ ।  त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कृत समेत गरिनेछ ।