रेडियो सन्देश प्रशारण आरम्भ, समुदायको आवाज समेट्ने प्रयास गर्ने प्रतिबद्धता

 

हेटौंडा, १८ असोज । सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज आजबाट प्रशारणमा आएको छ ।
सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।
रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष सुनिल खड्काले जानकारी लिनुभयो ।
बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने खड्काको दाबी छ । रेडियो ले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उधेश्य रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
रेडियोले दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।