पर्यटन मन्त्रालय चितवनमा राख्न सांसद गुरूङको आग्रह

चितवन, १७ असोज । तीन नम्बर प्रदेशकी प्रदेश सांसद रिना गुरुङले पर्यटन मन्त्रालय चितवनमा राख्न आग्रह गरेकी छिन् । । कालिका एफ.एम प्रा.लि.को १६ औँ बार्षिकोत्सवको अवसरमा आयोजित “चितवनमा पर्यटनको सम्भावना र सरोकारवालाहरुको भूमिका”विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै सांसद गुरुङले यस्तो बताएकी हुन ।
सांसद गुरुङले प्रदेशको नाम र राधानी टुङ्गो लागि नसकेको अबस्थामा तीन नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल समक्ष पर्यटन मन्त्रालय चितवनमा राख्नु पर्ने आग्रह गरेकी हुन । चितवन पर्यटनको हिसाबले मुलुककै तेश्रो पर्यटक गनतब्यको रुपमा रहेको भन्दै तीन नम्बर प्रदेश अनर्तगतको पर्यटन मन्त्रालय चितवनमा राख्नु पर्ने गुरुङको भनाई रहको थियो ।
उता नेपाल कम्युनिस्ट पार्टी ं(नेकपां)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केहि दिन पहिले चितवनमा आउदा चितवनमा केहि मन्त्रालय रहने बताएका थिए । प्रचण्डको अभिब्यक्ति आएको समयमै प्रदेश सांसद गुरुङले गरेको माग सराहनिय रहेको भन्दै यस क्षेत्रका जनताहरु समेत खुशी देखिएका छन । अन्य प्रदेशले प्रदेशको नाम तथा प्रदेश राजधानी तय भएको अबस्थामा तीन नम्बर प्रदेशले भने राजधानी र नामको बिषयमा केहि टुङ्गो लगाउन सकेको छैन ।