चितवनको खोलेसिमल बजारमा होटल कालिका ब्यान्क्वेट शुरु हुँदै

चितवन, १७ असोज ।पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा होटल कालिका ब्यान्क्वेट प्रा.लि. संचालनमा आउने भएको छ । अत्याधुनिक सुविधा सहितको होटल, रेष्टुरेण्ट, लज, स्वीमिङ पुल सहित विवाह, ब्रतवन्ध तथा विभिन्न समारोहका लागि पार्टी समेत संचालन गर्ने उद्देश्यले सो ब्यान्क्वेट संचालनमा आउन लागेको हो । सो होटल कालिका ब्यान्क्वेटको एक कार्यक्रमकाबीच कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले शिलान्यास गरेका हुन् । १५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने सो होटल आगामी मंसिरबाट संचालनमा आउने होटल कालिका ब्यान्क्वेट प्रा.लि.का अध्यक्ष बुद्धि प्रसाद अधिकारीले जानकारी दिए । विवाह, ब्रतबन्धका लागि मन्दिर समेत निर्माण हुने सो होटलका सबै कोठा, हलहरु एयर कन्डिसन युक्त रहने छन् । करिब २ करोडको लगानीमा निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको समेत अध्यक्ष अधिकारीले जानकारी दिए । सो ब्यान्क्वेटको युवा उद्यमीहरु बुद्धि प्रसाद अधिकारी सहित एकेश भण्डारी, भुवन श्रेष्ठ, सुदर्शन अधिकारी र सि.पी. अधिकारीको लगानी रहेको छ । कालिका नगरपालिका क्षेत्रमा यस प्रकारको सुविधा सम्पन्न होटल पहिलो हुने होटलका अध्यक्ष बुद्धि प्रसाद अधिकारीले बताए ।