ताराको जन्मदिनमा सहयोग

 

चितवन, १६ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य तारा गुरुङले आफ्नो जन्मदिनमा मञ्जुश्री असहाय संरक्षण केन्द्र भरतपुर–११ मा सहयोग गरेकी छन् । मंगलबार परेको जन्मदिनमा उनले केन्द्रमा आश्रित असहाय महिला तथा बालबालिकालाई एकछाक खाना, लत्ताकपडा र खाद्यान्न सहयोग गरेकी हुन् ।

कार्यक्रममा कार्यक्रममा प्रदेश सासंद रिना गुरुङ, भरतपुर महानगरकी उपमेयर पार्वती शाह,  डा. शारदा कुँवर, प्रा. डा. होमबहादुर बस्नेतलगायत उपस्थित थिए । वि.सं. २०७२ भदौमा स्थापना गरिएको केन्द्रमा ४ जना बालक, २ महिला र १४ बालिका आश्रित रहेको केन्द्र प्रमुख मञ्जु खाँडले जानकारी दिइन् ।