दुई सय ९५ किलो गाँजा सहित एक जना पक्राउ

काठमाडौँ, १६ असोज । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ईन्धन बोक्ने ट्याङ्करमा लुकाई ओसारपसार गरिरहेको अबस्थामा २९५ किलो लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ब्युरोले मंगलबार पत्रकार सम्मेलन गर्दे चितवनबाट हेटौंडातर्फ गइरहेको इन्धन बोक्ने ट्यांकरमा उक्त परिमाणको लागु औषध फेला परेको जनाएको हो । मकवानपुर जिल्लाको मनहरी रमनटारमा असोज १६ गते बिहान चेकजाच गर्दा ना ४ खा ३९६९ नंवरको ट्याङरको चेम्वरमा लागु औषध गाँजा फेला परेको ब्युरोका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । ट्यांकर र गाँजासँगै चालक प्रल्हाद ठकुरी पनि पक्राउ परेका छन् ।
बरामद भएको गाँजाको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको पोखरेलले बताए । पक्राउ प्रतिवादी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।