मिलन विदेश भ्रमण मात्र गर्दैनन्, दुखी:जनहरुका लागि खुसी पनि बोकेर फर्किन्छन्

चितवन,१६ असोज । नेपालको गीतसंगीत क्षेत्रका चर्चित गायक मिलन लामा तीन महिनाको यूरोप टुरपछि नेपाल फर्किएका छन् । सामाजिक अभियनता समेत रहेका लामाले यूरोपका विभिन्न २० स्थानमा आफ्नो प्रश्तुती दिएका थिए ।

बिगत तीनदशक बढी समय नेपाली लोकगीतको क्षेत्रमै बिताएका मिलनका दर्जनौं गीतहरु हिट छन् । उनले ‘माझि दाई पोखरा फेवातालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले ’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका दर्जनौं गीत त्यहाँस्थित दर्शकमाझ प्रश्तुत गरेका थिए । मिलनको साथमा यस्तै मंगोलियन हार्ट गायक राजु लामा पनि थिए ।

सामाजिक कार्य ‘मिलन होम’

गायक मिलन लामालाई  कलाकार मात्र भन्दा उनको परिचय अधुरो हुन्छ । मिलन लामाले बिगत केहिसमय देखी चितवनमा रहेका बिपन्न परिवारका लागि घर बनाइदिदै आएका छन् । ‘मिलन होम’ योजना अन्तर्गत उनले बिभिन्न बिपन्न सय परिवारलाई घर बनाइदिने योजना लिएर अघि बढेका छन् । अहिलेसम्म सातौं घर निर्माण गरिसकेका छन् । बिभिन्न सांगितीक कार्यक्रममा पुगेर उठेको रकम घर निर्माणमा लगाउँदै आएका छन् । उनि विदेश जान्छन् मात्र होईन फर्किदाँ  दुखी:जनहरुका लागि  खुसी बोकेर फर्किन्छन् । उनलाई बिभिन्न सहयोगी मनहरुले पनि उनको योजनाका लागी सहयोग गरिरहेका पनि छन् । ‘जसको आर्थिकअवस्था निकै कम छ, बिहानबेलुका खानका लागी समेत धौधौ छ, उहाँहरुका लागी मिलन होम योजना अन्तर्गत घर निर्माण गरिदिदै आएको छु, अहिले सातों घर निर्माण भइसकेको छ, ।
अब चाडैँ घर हस्तान्तरण गर्ने उनको योजना छ । मिलनले बिगत लामोसमय देखी सामाजिक कार्यमा हात हाल्दै आएका छन् । ०७२ सालमा गएको भूकम्प पछि अझबढी सक्रिए भएर निरन्तर सहयोगमा जुटिरहेका छन् ।

मिलन लामाको गीतमा विविधता पाईन्छ । उनले गीत मार्फत पर्यटन क्षेत्रको समेत प्रवर्दन गर्ने काम गरेका छन् । उनले विदेशमा जदाँ पनि त्यहाँ नेपालको पर्यटनलाई जोड दिएका हुन्छन् । उनी पुग्ने देशहरुका नागरिकहरुसँग प्रत्यक्ष भेटेर नेपालको बिशेषताका बारेमा पनि जानकारी गराइरहेका हुन्छन् । उनले स्टेजबाटै पनि नेपालमा घुम्न जानका लागी आग्रह गर्छन् । उनले बिगत लामोसमय देखी गीतमार्फत पनि नेपालको पर्यटन प्रबद्र्धन गर्दै आएका छन् ।