टाँडीचोकमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

चितवन, १६ असोज । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई गएराती पूर्वी चितवनको टाँडी चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले
जनाएको छ ।