जितियाको अवसरमा मेयर चौधरीको शुभकामना : संस्कृति संरक्षणमा लाग्न आह्वान

चितवन, १६ असोज । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले थारु समुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । जितियाको अवसरमा एक शुभकामना सन्देश दिदै मेयर चौधरीले भुमीपुत्रको रुपमा चिनिने थारु समुदायका महिलाको महान पर्वको सम्पुर्ण थारु महिला दिदि वहिनीहरुमा सुख शान्तिको कामना सहित शुभकामना व्यक्त गरेका हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा यो पर्वले सामाजिक सद्भावको विकास गर्न प्रेरित गर्न सकोस भनि कामना गरिएको छ । थारु समुदाय चितवनको भुमी पुत्र हो मेयर चौधरीले भनेका छन् जितिया पर्वले थारु समुदायको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दछु । साथै मेयर चौधरीले पहिचान बोेकेको थारु समुदायले आफ्नो पहिचान,सस्कृति,रितिरिवाजको संरक्षणमा लाग्न युवाहरुलाई प्रेरित गर्नु पर्ने वताएका छन् । उपमेयर सुनिता थपलियाले शुभकामना सन्देश मार्फत समृद्ध नगर निर्माणमा लाग्न जितिया पर्वले प्रेरित गरोस भनी शुभकामना दिएकी छिन्

। थारु महिलाहरुले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गरी जितिया पर्व आज मंगलवार मनाउँदै छन् ।